Logo
Logo

निर्वाण चौधरीलाई वाइपिओ अवार्ड


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, २८ माघ । चौधरी गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरी सोसियल इन्टरप्राइज नेटवर्क सस्टेनेबिलिटी (सेन) अवार्डद्वारा सम्मानीत भएका छन् । उनलाई सामाजिक कार्यमा उत्कृष्ट योगदान पु¥याएवापत योङ प्रेजिडेन्ट्स अर्गनाइजेसन (वाइपिओ)ले सम्मान गरेको हो ।
चौधरी फाउन्डेसनमार्फत् सामाजिक क्षेत्रमा योगदानबापत निर्वाणलाई सम्मान गरेको वाइपिओले जनाएको छ । वाइपिओले आफ्ना सदस्यमध्ये समाज तथा व्यवसायमा सकारात्मक प्रभाव पार्ने विभिन्न व्यक्तित्वलाई सम्मान गर्दै आएको छ ।
शिक्षा, स्वास्थ्य, रोजगार, गरिबी निवारण, समानता, वातावरण संरक्षणलगायत क्षेत्रमा प्रभावकारी नेतृत्व गर्ने सदस्य उक्त अवार्डबाट सम्मानित हुँदै आएका छन् ।
दिगो विकासका लागि हरेक क्रियाकलापलाई लक्षित गर्दै चौधरी फाउन्डेसले शिक्षा, स्वास्थ्य, उद्यमशीलताविकास, जीविकोपार्जन, विपद व्यवस्थापन, सम्पदा एवं आध्यात्मिकविकासलगायत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको वाइपिओले जनाएको छ ।
अवार्ड ग्रहण गर्दै प्रबन्ध निर्देशक चौधरीले वाइपिओको सेन अवार्डबाट सम्मानित हुन पाउनु आफ्नो र फाउन्डेसनका लागि गर्वको कुरा रहेको बताए ।

१९ बर्षको कलिलो उमेरमा सिजी फिन्कोको स्थापना गरी आफ्नो व्यवसायिक यात्रा प्रारम्भ गरेका चौधरी ३० बर्षको उमेरमा विश्वब्यापी ख्यातीआर्जन गर्दै चौधरी ग्रपको प्रवन्ध निर्देशक पदमा नियुक्त भएका थिए ।
यस्तै, २०१८ मा सेन दिगो अवार्डबाट फेटजर भिनायार्डका सिईओ, गियानकार्लाे बियानचेटी (व्यवसायतर्फ), द वुमानिटी फाउण्डेसनका प्रेसिडेण्टयान बोर्गस्टेट (समानतातर्फ), द लाईटहाउस व्रिस्टोका प्रेसिडेण्ट एलिजावेथकिन्नी (प्रभावतर्फ) तथा सोनायुक्तिका सिईओचोको भालिआपा (शिक्षातर्फ) सम्मानीत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्