Logo
Logo

उद्यमशीलता सम्मेलनको तयारी पूरा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २८ माघ । नेपाल उद्यमशीलता सम्मेलनको तयारी पूरा भएको छ । नेपालमा उद्यमशीलता विकासमा ठोस टेवा पु¥याउने उद्देश्यले यही आउँदो २ फागुनमा आयोजना हुने सम्मेलनको तयारी पूरा भएको नेपाल उद्योग परिसंघले जनाएको हो ।
मुलुकको आर्थिक समृद्धिमा विशेषतः उद्यमशीलताको विकास, नवीनतम सोच, प्रविधि र सिर्जनशीलताको भूमिका हुने र रोजगारी वृद्धिमा समेत सहयोग पुग्ने यथार्थतालाई दृष्टिगत गर्दै परिसंघ, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र विशाल मिडिया ग्रुपले सम्मेलन आयोजना गर्न लागेको हो ।
‘संघीय नेपालः लगानी र वृद्धिको अवसर’ मूल नारासहति आयोजना हुन लागेको सम्मेलनले उद्यमशीलतालाई आर्थिक संवाहकको रुपमा पहिचान गर्दै, साना, मझौला तथा ठूला उद्योग–व्यवसाय एवं देशभरका नयाँ युवा उद्यमीबीचको सम्बन्ध विस्तार गर्ने, नयाँ प्रतिभा, प्रविधि, सिर्जनशीलताका साथै उद्यमशीलतालाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ । साथै, विदेशमा रहेका युवालाई स्वदेशमै उद्यम तथा व्यवसायमा लाग्न अभिप्रेरित गर्ने, तथा नीति र कानुनको पहिचान गर्ने उद्देश्य सहित यो सम्मेलन गर्न लागिएको हो ।

परिसंघका अध्यक्ष हरिभक्त शर्माले स्थानीयस्तरमा उद्यमशीलताको विकासको सोच नआएसम्म यस क्षेत्रमा युवाहरुको आकर्षण बढ्न नसक्ने औंल्याएको छ । सम्मेलनले यही अवधारणाको विकासमा जोड दिने उनको दाबी छ । सम्मेलनलाई प्रधानमन्त्रीले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सम्मेलनमा ७ वटै प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमार्फत सम्बन्धित प्रदेशका औद्योगिक सम्भाव्यता तथा उद्ययमशीलता प्रवद्र्धनका कार्यक्रमबारे जानकारी गराइने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्