Logo
Logo

नेपाल-चीन व्यापारमा अवरोध: अघोसित नाकाबन्दी लगाएको आरोप


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ माघ । २०७२ वैशाखको भूकम्पपछि पटक पटक अवरुद्ध तातोपानी र रसुवा नाका अझै सहज रुपमा सञ्चालनमा आउन सकेका छैन । चीनले पछिल्लो समय अन्य मुलुकसँग अबौंको आयात निर्यात व्यापार गरिरहे पनि नेपालको हकमा शुन्य कोभिडको नीति अवलम्बन गरेको छ ।

त्यसको प्रत्यक्ष असर नेपाल चीन व्यापारमा परेको छ भने करोडौं लगानी गरेका व्यवसायी बिचल्लीमा परेका छन्, यो खबर आजको अन्नपुर्ण पोष्टमा राजेश बर्माले लेखेका छन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघ, नेपाल हिमालय सीमापार वाणिज्य संघलगायतले चीनले पछिल्लो समय द्विपक्षीय व्यापारमा नेपालसँग अघोसित नाकाबन्दी लगाएको आरोप लगाएका छन् । यस्तो अवस्थाका कारण गार्मेन्ट, जुत्ताचप्पल, मोबाइल एसोसरिज, इलेक्ट्रोनिक्स सामान र उपकरण, विभिन्न प्रकारका कच्चापदार्थ लगायत सामान चीनतिरै अड्केको व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्