Logo
Logo

आजको मौसम: दिनभर चिसो हुने


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ माघ । काठमाडौं उपत्यकामा आज दिनभर चिसो हुने भएको छ । काठमाडौंको आजको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस रहेको छ । विहान साढे ६ बजेको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस मापन गरिएको हो ।

यस्तै, प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ । “आज दिउँसो काठमाडौंमा तापक्रम १७–१९ डिग्री सेल्सियससम्म पुग्छ । काठमाडौंको मौसम दिउँसो सफा नै रहन्छ । तर, पनि चिसो नै हुन्छ,” मौसमविद् विभूती पोखरेलका अनुसार अहिले विहान भने काठमाडौैंमा हुस्सु लागेको छ । भिजिविलिटी ४ किलोमिटर रहेको छ ।

तराईमा आज अपराह्नसम्म हुस्सु हट्नेछ तर, पनि कतिपय ठाउँमा भने रहने अनुमान गरिएको छ । तापक्रममा गिरावट आउने भएकाले चिसोबाट बच्न आवश्यक सतर्क हुन मौसमविद्ले आग्रह गरेको छ ।

देशका प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्