Logo
Logo

राष्ट्रिय अवार्ड थाप्दा कंगनाले लगाएको लुगासँगको प्रेरणादयी रहष्य !


- दृष्टि न्युज/संवाददाता


बलिउड — बलिउड अभिनेत्री कंगना रनावतले आफ्नो फ्यान पेजमा पोस्ट भएको फोटोमा प्रतिक्रिया जनाउँदै ११ वर्षअघिको घटना सम्झेकी छिन् । उनले जुन बेला उनी ‘राष्ट्रिय फिल्म अवार्ड’बाट सम्मानित भएकी थिइन्।

सन् २००८ मा कंगना अभिनित फिल्म ‘फेसन’का लागि उनलाई सरकारले ‘राष्ट्रिय फिल्म अवार्ड’बाट सम्मान गरेको थियो। कंगनाले त्यस बेला तत्कालीन राष्ट्रपति प्रतिभा पटिलबाट अवार्ड थापेकी हिन्दुस्तान टाइम्सले लेखेको छ ।

‘पहिलो राष्ट्रिय अवार्ड। योसँग सम्बन्धित थुप्रै सम्झनाहरू छन्। म सम्मान प्राप्त गर्ने सबैभन्दा कान्छी अभिनेत्रीमध्ये थिएँ। र, अवार्ड पनि एक महिला राष्ट्रपतिबाट पाएँ,’ कंगनाले पोस्टमा प्रतिक्रिया जनाउँदै भनेकी छन्, ‘त्यो बेला मैले लगाएको लुगा आफैं डिजाइन गरेकी थिएँ। किनभने मसँग नयाँ लुगा किन्न पैसा थिएन।’

कंगनाले पोस्ट रिट्विट गर्दै थप लेखेकी छिन्, ‘लुगा त्यति नराम्रो त थिएन नि है ?’ फोटोमा कंगना कालो, जातीय अनारकली सुटमा देखिएकी छन्। तत्कालीन राष्ट्रपतिबाट उनी मुस्कुराउँदै प्रमाणपत्र लिँदै गरेकी छन्।

अभिनेत्री कंगना रनावत तत्कालीन राष्ट्रपति प्रतिभा पटिलबाट प्रमाणपत्र थाप्दै

कंगनालाई फिल्म ‘फेसन’मा शोनाली गुजरलको भूमिकाका लागि ‘बेस्ट सपोर्टिङ एक्ट्रेस’ अर्थात् उत्कृष्ट सहायक अभिनेत्रीका लागि राष्ट्रिय फिल्म पुरस्कारबाट सम्मानित गरिएको थियो। फिल्म मधुर भण्डारकरले निर्देशन गरेका थिए। यसमा कंगनासँगै अभिननेत्री प्रियंका चोपडा र मुग्धा गोडसेको पनि मुख्य पात्रमा अभिनय देख्न सकिन्छ।

यतिबेला कंगना रजनेश घई निर्देशित ुधाकडुको छायांकनमा व्यस्त छिन्। हालैमात्र उनले फिल्मको पोस्टर सार्वजनिक गरेकी छन् जसमा उनी निकै बोल्ड देखिएकी छिन्। फिल्ममा कंगनासँगै अभिनेता अर्जुन रामपाल र अभिनेत्री दिव्या दत्त मुख्य भूमिकामा देखिँदैछन्। ‘धाकड’ सन् २०२१ को अक्टोबर १ देखि सिनेमा घरबाट सार्वजनिक हुने भनिएको छ।

‘धाकड’सँगै कंगाना छिट्टै ए।एल। विजय निर्देशित फिल्म ‘थलाइवा’ र सर्वेश मेवाराको फिल्म ‘तेजास’मा देखिँदैछिन्। थलाइवामा उनले तमिलनाडुकी पूर्व मुख्यमन्त्री जया ललिताको भूमिका निर्वाह गरेकी छन्। यसबाहेक कंगाना नयाँ फिल्म ‘मर्णिकर्णिका रिटर्न’को तयारीमा रहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्