Logo
Logo

प्रचण्ड-माधव पक्षले घोषणा गर्‍यो तेस्रो चरणको आन्दोलन, यसरी हुँदैछ देशर विरोध प्रर्दशन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेका छन् । आज पेरिसडाँडामा नेकपा संघर्ष समितिले पत्रकार सम्मेलन गरी माघ १३ देखि २८ गतेसम्म विरोध गर्ने गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।

घोषणा गरिएको कार्यक्रम अनुसार १३ गते सिटी जुलुस, १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा धर्ना, १६ गते जुलुससहित शहीदहरुलाई श्रद्धाञ्ली दिने, २२ गते काठमाडौंमा युवा र्‍याली , २६ गते मशाल जुलुस र २८ गते काठमाडौंमा वृहत विरोध प्रर्दशन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपाको प्रचण्ड-नेपाल पक्ष सडक आन्दोलनमा छ। यस्तै माघ १४ देखि २१ गतेसम्म माइतीघर मण्डलमा धर्ना कार्यक्रम गर्ने र माघ १६ गते शान्तिबाटिकामा भेला भएर लैनचौरसम्म प्रदर्शन गर्ने पनि उनीहरूले बताएका छन्।

देशभर विरोध प्रर्दशन
देशका विभिन्न सहरमा विरोध कार्यक्रम गर्न लागेको प्रचण्ड-नेपाल पक्षले जनाएको छ । १५ गते बुटवलमा, १६ गते विराटनगर र १७ गते धनगढीमा कार्यक्रम गर्न र उक्त कार्यक्रमलाई अध्यक्षद्वयलगायतले सम्बोधन गर्ने कार्यक्रम छ । यस्तै काठमाडौंमा माघ २२ गते युवाहरूले वृहत र्‍याली गर्ने, २६ गते मसाल जुलुस गर्ने र माघ २८ मा काठमाडौंमा विरोध सभा गर्ने जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्