Logo
Logo

चीन-भारत सीमा क्षेत्रमा फेरि झडप, दुबै देशका २४ सैनिक घाइते


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १२ माघ । चीन र भारतका सीमा क्षेत्रमा फेरि तनाव भएको छ । चीन र भारतका सैनिकहरूबीच सीमा क्षेत्रमा फेरि झडप भएको खबर आएको छ ।

गत साता उत्तरी सिक्किमको नाकु लामा दुई देशका सैनिकहरूबीच झडप भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ । इन्डिया टुडेले सैन्य स्रोतलाई उद्धृत गर्दै झडपमा २० चिनियाँ र ४ भारतीय सैनिक घाइते भएको जनाएको हो ।

सञ्चारमाध्यमको दाबी अनुसार चिनियाँ सैनिक भारतीय भूमिमा आउन खोजेपछि भारतीय सेनाले रोकेको समाचारमा उल्लेख छ । अहिले झडप भएको स्थानमा अवस्था तनावपूर्ण भए पनि स्थिर रहेको समाचारमा जनाईएको छ ।

भारत-चीन सीमाको गल्वान उपत्यकामा यसअघि गत असारमा भएको सैन्य झडपमा परी २० जना भारतीय सैनिकको मृत्यु भएको थियो। पछिल्लो समय सीमामा स्थिति नियन्त्रणमा लिन दुबै देशले सैन्य तथा कूटनीतिक स्तरका वार्तालाई जारी राखेका बेला नाकु लाको घटना भएको हो। नाकु लामा झडप भएकोबारे चिनियाँ पक्षले भने कुनै जानकारी दिएको छैन।

भारत र चीनबीच अहिलेसम्म सीमा निर्धारण हुन सकेको छैन। पूर्वको अरूणाञ्चलदेखि पश्चिममा आस्काई चीनसम्म दुई देशले आ(आफ्नो दाबी गरेपछि संसारका दुई विशाल जनसंख्या भएका यी मुलुकको सीमाना विवाद नटुंगिएको हो।

प्रतिक्रिया दिनुहोस्