Logo
Logo

अमेरिकामा कोरोनाबाट ४ लाख १४ हजार ८३ जनाको मृत्यु


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १३ माघ । कोरोना संक्रमणका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ४ लाख १४ हजार ८३ पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ३ हजार ४१६ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

सोही अवधीमा १ लाख ७० हजार ८८३ कोरोना संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म कारोना संक्रमितको संख्या २ करोड ४७ लाख ७५ हजार २०८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्