Logo
Logo

भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न अमेरिकाको आग्रह


- दृष्टि न्युज/संवाददाता


काठमाडौं — अमेरिकाले आफ्नो नागरिकलाई ट्राभल एडभाइजरी जारी गर्दै भारत, पाकिस्तान, अफगानिस्तान र बंगलादेशको यात्रा नगर्न आग्रह गरेको छ ।

बाइडन प्रशासनले कोरोना महामारी, आतंकवाद र साम्प्रदायिक हिंसाको अवस्थालाई मध्यनजर गर्दै ट्राभल एडभाइजरी जारी गरेको हो ।

अमेरिकाले भारत–पाकिस्तानको सीमा क्षेत्रमा पनि नजान आग्रह गरेको छ । सो सीमा क्षेत्रमा आतंकवादी संगठनहरुसक्रिय रहेको अमेरिकाको भनाइ छ । भारत–पाकिस्तानको सीमा क्षेत्रमा बेला–बेलामा गोलीबारी हुने गरेको अमेरिकाले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्