Logo
Logo

राजश्व अनुसन्धान विभागको अर्काे ठूलो मुद्दा, १६ करोड बिगो दाबी


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १ फागुन ।
राजश्व अनुसन्धान विभागले अर्काे ठूलो मुद्दा दायर गरेको छ । भारतीय नागरिक अमित कुमार सहनीविरुद्ध बुधबार मुद्दा दायर गरेको छ ।


सहनीले आदित्य ट्रेड सप्लायर्स नामक कम्पनीमार्फत कर छली गर्दै आएका हुन् । राजश्व चुहावटतर्फ १४ करोड ९५ लाख १५ हजार बिगो र १९ करोड ९० लाख ३१ हजार जरिवाना माग भएको छ ।
त्यस्तै विदेशी विनिमय अपचलनतर्फ २ करोड तीन लाख बिगो र ६ करोड ११ लाख जरिवाना माग गरी मुद्दा दायर गरिएको छ ।
उनले एकातर्फ भन्सार चोरी पैठारी गर्दै आएको र अर्काेतर्फ नेपालको बैंकमा पैसा जम्मा गरी ठूलो मात्रामा भारतबाट एटिएमबाट निकालेर खर्च गर्दै आएका थिए ।

विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएपछि सक्रियता बढेको छ । विभागले धमाधम ठूला मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्