Logo
Logo

नौ दिनमा डेढ लाखले कोरोना विरुद्धको खोप लगाए


- दृष्टि संवाददाता


काठमाडौं, २३ माघ । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप लगाउनेको संख्या एक लाख नाघेको छ । हालसम्म एक लाख ५८ हजार ४ सय ८७ जनाले खोप लगाइसकेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ७७ जिल्लाका २०१ खोपकेन्द्रबाट एक लाख ५८ हजार ४ सय ८७ जनाले खोप लगाएका हुन् । पहिलो चरणमा फ्रन्टलाइनरहरुलाई प्राथमिकतामा राखिएकोमा प्रदेश १ मा २१ हजार ७५४, प्रदेश २ मा २१ हजार १८५, बागमती प्रदेशमा ५५ हजार ५०४, गण्डकी प्रदेशमा १७ हजार २६७, लुम्बिनी प्रदेशमा २३ हजार ७९८, कर्णाली प्रदेशमा आठ हजार ७२ र सुदूरपश्चिम प्रदेशमा १० हजार ९०७ ले खोप प्राप्त गरेका छन् ।

मन्त्रालयले पहिलो चरणको खोप अभियान यहि माघ २४ गतेसम्म चल्ने भएकोले सूचना प्रणालीमा दर्ता नभएका कारण खोप सेवा लिनबाट वञ्चित हुन नदिन तयारी पनि गरिरहेको जनाएको छ ।

त्यसका लागि नेपाल मेडिकल काउन्सिल, नेपाला नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल आयुर्वेद मेडिकल काउन्सिल र नेपाल फार्मेसी काउन्सिलको दर्ता प्रमाण पत्र र फोटोसहितको परिचय पत्र लिएर आएमा सम्बन्धित खोप केन्द्रले खोप लगाउने व्यवस्था मिलाउन भनेकोछ ।

यहि माघ १४ गतेदेखि भारतको अनुदानमा उपलब्ध गराएको १० लाख मात्रा उक्त खोप लगाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्