Logo
Logo

यूएईमा जारी टि–१० मा सोमपालले लिए दुई विकेट


- दृष्टि संवाददाता

315
Shares

काठमाडौं, २३ माघ । नेपाली क्रिकेट खेलाडी सोमपाल कामीले युनाइटेड अरब इमिरेट्स (युएई)को आबूधाबीमा जारी टि १० लिगमा दुई विकेट लिएका छन् । डेकेन ग्लाडियटर्स विरुद्धको खेलमा दुई विकेट लिए पनि उनी आवद्ध मराठा अरेवियन्स २९ रनले पराजित बनेको छ ।

मराठाले टस जितेर पहिला फिल्डिङ रोजेपछि डेकेनले निर्धारित १० ओभरको खेलमा चार विकेट गुमाएर १२० रन बनायो । १२१ रनको विजयी लक्ष्य पछ्याएको मराठाले १० ओभरमा तीन विकेट गुमाएर मात्र ९१ रन बनाउन सक्यो । नेपालका बलर कामीले उत्कृष्ट खेल प्रदर्शन गरे । उनले एउटै ओभरमा दुई विकेट लिएका थिए ।

कामीले डेकेनका प्रशान्त गुप्ता र यासिर कलिमको विकेट लिए । आफ्नो व्यक्तिगत पहिलो ओभरमा उनले मात्र दुई रन खर्चिए । गुप्ता ३५ रनमा तथा कलिम २८ रनमा पेभेलियन फर्किए । कामीले दुई ओभरमा मात्र १० रन खर्चिए । कामीले जारी टी १० लिगमा हालसम्म ६ खेलमा तीन विकेट लिएका छन् ।

युएईमा जारी टी १० लिगमा कामीका साथै नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, कुशल मल्ल र करण केसी खेलिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्