Logo
Logo

भारतमा कोभिड– १९ विरुद्धको खोप लगाउनेकाे संख्या ४५ लाख बढी


- दृष्टि संवाददाता


एजेन्सी, २३ माघ । भारतमा १६ जनवरीदेखि सुरु भएको कोभिड– १९ विरुद्धको खोप अभियानमा हालसम्म ४५ लाखभन्दा बढी व्यक्तिले खोप लगाइसकेका छन् । कोरोना भाइरस संक्रमितको संख्या बुधबारसम्म एक करोड सात लाख ९० हजारभन्दा बढी पुगेको छ ।

पछिल्लो २४ घन्टामा भारतमा १२ हजार आठ सय ९९ नयाँ संक्रमित थपिएपछि जम्मा कोरोना संक्रमित एक करोड सात लाख ९० हजार एक सय ८३ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा पछिल्लो २४ घन्टामा कोरोना संक्रमणको कारण एक सय सातजनाको मृत्यु भएको छ ।

योसहित कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या एक लाख ५४ हजार सात सय तीनजना पुगेको छ । मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड चार लाख ८० हजारभन्दा बढी व्यक्ति संक्रमणमुक्त भएको उल्लेख छ । हाल भारतमा एक लाख ५५ हजार २५ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्