Logo
Logo

सल्यानकाे कारागारका १ सय २२ कैदीबन्दीले लगाए कोभिड–१९ विरुद्धको खोप


- दृष्टि संवाददाता


Doctor preparing the coronavirus COVID-19 vaccine. Details of hands and syringe.

सल्यान, २३ माघ । सल्यानकाे कारागारमा रहेका १ सय २२ कैदीबन्दीले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य सेवा कर्यालयसँगको सहकार्यमा कारागारभित्र रहेका कैदी बन्दीहलाई आज कोभिडविरुद्धको खोप लगाइएको हो ।

कारगारभित्र रहेका १ सय ५४ मध्ये १ सय २२ जना कैदीबन्दीले कोरोना खोप लगाएका हुन् । जसमा १ सय ३ पुरुष र १९ महिलाका साथै दुई कर्मचारीले पनि कोरोना खोप लगाएको जेलर बलवहादुर केसीले जानकारी दिए । कारागारभित्र रहेका कैदीबन्दीमा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढी हुने भएकाले खोप दिइएको उनले बताए।

कारागारमा स्वास्थ्यकर्मीको दरबन्दी रिक्त हुँदा एक वर्षदेखि नियमित स्वास्थ्य जाँचसमेत गराउन नपाएका कैदीबन्दीले अहिले कारगारभित्रै कोरोनाको खोप लगाउन पाउँदा खुशी भएका छन् । हाल कारागारमा १ सय २२ पुरुष, २५ महिला र सात नाबालक गरी जम्मा १ सय ५४ कैदीबन्दी बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्