Logo
Logo

देशभर एक लाख ७१ हजारले लगाए काेराेना विरुद्धको खोप


- दृष्टि संवाददाता


काठमाडाैं, २३ माघ । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप ‘कोभिशिल्ड’ अहिलेसम्म एक लाख ७१ हजार ४८६ जनाले लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २०१ खोपकेन्द्रबाट अहिलेसम्म एक लाख ७४ हजार ४८६ जनाले लगाएको जानकारी दिए ।

गाैतमका अनुसार प्रदेश नं.१ मा २३ हजार ८२ जना, प्रदेश नं.२ मा २२ हजार ७ सय ५६ जना, वाग्मती प्रदेशमा ५९ हजार ९ सय ४२ जनाले खाेप लगाएका छन् । यस्तै, गण्डकी प्रदेशमा १७ हजार ३ सय १५ जना, लुम्बिनी प्रदेशमा २६ हजार ८ सय ९८ जना, कर्णाली प्रदेशमा आठ हजार ६ सय ८४ जना र सुदूरपश्चिम प्रदेशमा १२ हजार ८ सय ९ जनालाई खोप दिइएको छ ।

माघ १४ गतेबाट पहिलो चरणमा प्राथमिकता परेका व्यक्तिलाई लगाउँदै आएको खोप शनिबार समापन गरिँदैछ । प्रवक्ता डा गौतमले खोपको दोस्रो चरणबारे चाँडै जानकारी गराइने बताए ।

प्रतिक्रिया दिनुहोस्