Logo
Logo

२४ घण्टामा कोरोनाबाट नेपालमा मृत्यु हुने शून्य


- दृष्टि संवाददाता



काठमाडौं, २४ माघ । नेपालमा शनिबार थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ९९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ८०६ पुगेको छ । त्यस्तै थप २ सय ४८ जना कोरोनामुक्त भएका छन् भने हालसम्म नेपालमा २ लाख ६७ हजार ८ सय १२ जना कोरोनामुक्त भएका छन् ।

गत २४ घण्टामा कसैको पनि कोरोनाका कारण निधन नभएको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा दुई हजार ३५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै हाल सक्रिय संक्रमितको संख्या १९ सय ५९ जना रहेको छ भने ९५ जना क्वारेन्टिनमा छन् ।

नेपालमा हालसम्म २० लाख ९१ हजार १६६ वटा पिसिआर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्