Logo
Logo

थप ११९ जनामा कोरोना संक्रमण पुष्टि, ३ जनाको मृत्यु


- दृष्टि संवाददाता


काठमाडौं, २५ माघ । नेपालमा आइतबार थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ९२५ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ३ जनाको ज्यान गएको छ भने हालसम्म २ हजार ३८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप २६० संक्रमित निको भएका छन् । हालसम्म नेपालमा २ लाख ६८ हजार ७२ जना संक्रमित निको भएका छन् ।

हाल १८ सय १५ जना आइसोलेशनमा छन् भने ९२ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म २० लाख ९३ हजार ४१७ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्