Logo
Logo

फिल्म ‘दृश्यम’ हेरेर १३ वर्षका किशोरले गरे हत्या !


- दृष्टि संवाददाता


बलिउड — १३ वर्षका एक किशोरले सामान्य झगडामा ११ वर्षका बच्चाको हत्या गरेका छन् । प्रहरीले अनुसन्धान गर्दा अचम्मित पारिदिने परिणाम सार्वजनिक भएको समाचारमा उल्लेख छ ।

हत्या गर्ने किशोरले दृश्यम फिल्मलाई डाउनलोड गरेर बारम्बार हेरेका थिए र घटना घटित गराएका थिए । यतिमात्रै होइन, प्रहरीका अनुसार सडकमा अनावश्यक रुपमा गाडी तोडफोड गर्ने मामिलामा पनि थुप्रै बालबालिका–किशोर किशोरी समावेश भएको पाईएको जनाईएको छ ।

प्रहरीको अनुसन्धानमा पत्ता लागे अनुसार बालबालिकाले स्मार्टफोनको अत्यधिक प्रयोग गरिरहेका छन् र तत्काल चर्चित हुनका लागि उनीहरुल कुनै पनि हद पार गर्न चाहन्छन् ।

यसै सिलसिलामा भारतका पुलिस कमिश्नर सुरेन्द्र देशमुख भन्छन्, ‘शहरमा धेरैजसो अभिभावक जागिर खानका लागि घरबाट बाहिर हुन्छन् । उनीहरुलाई थाहा नै हुँदैन कि बच्चाले मोबाइलमा के हेरिरहेका छन्, कस्तो व्यवहार गरिरहेका छन्, उनीहरुका साथीहरु को छन्, कस्ता छन् । त्यसैले अभिभावक जागरुक हुन असाध्यै आवश्यक छ ।’ विख्यात साइबर साइकोलोजिस्ट निराली भाटियाले पनि यसबारे प्रतिक्रिया दिएकी छिन् ।

उनी भन्छिन्, ‘अभिभावकले आफ्ना सन्तानको अनलाइन गतिबिधिमाथि निगरानी राख्नुपर्छ । विशेषगरी किशोरमा । गुगलको फ्यामिली लिंक जस्तो एपबाट सहज रुपमा मोनिटरिङ हुनसक्छ । अभिभावकलाई यो थाहा हुनु पर्छ कि उनीहरुको बच्चाले इन्टरनेटमा कति समय बिताइरहेका छन्, के हेरिरहेका छन् । कति बेर च्याटिङ र गेम खेल्छन् । तर यो कुरालाई पनि ध्यानमा राख्नुपर्छ कि तपाईंले उनीहरुको जासुसी गरिरहनुभएको छ भन्ने उनीहरुलाई भान नहो् । त्यसैले मोबाइल यस्तो स्थानमा राख्नुहोस् जहाँ हरेक समयमा तपाईं नजर होस् ।’

बच्चाको हरेक अनलाइन एक्टिभिटीमा समावेश हुनुहोस् । उनीहरुलाई बताउनुहोस् कि राम्रो र खराब कन्टेन्टबीच के फरक छ । केही गलत गरेका छन् भने सम्झाउनुहोस् किनभने एपले त त्यतिबेला मात्रै काम गर्नेछ जब मोबाइल अन हुनेछ वा बच्चासँग हुनेछ । गाली गलौज गर्दा बच्चाले मोबाइल बन्द गर्न सक्छन् र त्यसलाई कतै छोडेर तपाईंलाई झुक्याइरहेका पनि हुनसक्छन् ।’

कसरी गर्ने रिपोर्ट ?
गुगल फ्यामिली लिंक एप डाउनलोड गरेर त्यसको सेटिङमा जानुहोस् । यसको लोकेशन, टाइमिङ, रिपोर्टमा क्लिक गर्नुहोस् । अभिभावकले यसमार्फत् गतिविधिलाई नियन्त्रण गर्न सक्नेछन् । जतिबेला पनि बच्चाको लोकेशनबारे थाहा पाउन सक्नुहुन्छ, इन्टरनेट प्रयोगको समयसीमा निश्चित गर्नुहोस् ।

अर्थात्, कति बजेदेखि कति बजेसम्म ताकि अबेर राती उनीहरु च्याटिङ नगरुन्, उनीहरुको इन्टरनेट उपयोगको रिपोर्ट पनि लिन सक्नुहुन्छ, मोबाइलमा कुनै पनि एपलाई अनुमति दिन सक्नुहुन्छ वा ब्लक पनि गर्न सक्नुहुन्छ,अर्थात्, बच्चाले त्यो एपमात्रै प्रयोग गर्न सक्नेछन् जसलाई तपाईं अनुमति दिनुहुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्