Logo
Logo

हिरो वुमेन गोल्डकप : उपाधिका लागि आज नेपाल–म्यानमार भिड्दै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३ फागुन । भारतमा जारी हिरो वुमेन गोल्डकप प्रतियोगिताको अन्तिम चरणको खेल आज नेपाल–म्यानमारबीच हुँदै छ । भारतको उडिसास्थित कालिंगा रंगशालामा हुने खेल नेपाली समयानुसार साँझा ६ बजे शुरु हुनेछ ।
नेपालको राष्ट्रिय महिला फुटबल टोलीले आज विजयी भए पहिलो अन्तर्राष्ट्रिय उपाधि पाउनेछ । दक्षिण एशियाली फुटलबमा सधँै उपाधिका लागि तगारो बन्दै आएको भारतलाई समूहचरणमै पराजित गरेपछि नेपालले अन्तिम चरणमा म्यान्मारलाई प्रतिद्वन्द्वी पाएको हो ।
समूह चरणको पहिलो खेलमा नेपाल म्यानमारसँग ३–० गोल अन्तरले पराजित भएकामा पछिल्ला दुई खेलमा भने भारत र इरानलाई पराजित गर्दै अन्तिम चरणसम्ममा पुगेको थियो । म्यान्मा भने लिग चरणका सबै खेलमा विजयी बन्दै अन्तिम चरणमा पुगेको हो ।
विश्व बरियतामा नेपालभन्दा निकै माथि रहेको म्यान्मालाई हराउँदै महिला फुटबलको इतिहासमा उपाधि जित्ने अवसर नेपाली महिला टोलीलाई छ । फिफा बरियतामा नेपाल १०८ स्थानमा रहँदा म्यान्मा ४४औँ स्थानमा रहेको छ ।

नेपालले सन् २०१०, २०१२, २०१४ को साफ महिला च्याम्पियनसिपको अन्तिम चरणमा भारतसँग पराजित भएको थियो । यस्तै सन् २०१० र २०१६ मा दक्षिण एशियाली खेलकूद (साग) मा पनि नेपाल भारतसँगै पराजित भएको थियो ।
नेपाल र म्यानमार चार महिनायता तेस्रो पल्ट भिड्न लागेका हुन् । गत नोभेम्बरमा म्यान्माको राजधानी याङ्गुनमा भएको ओलम्पिक २०२० अन्तर्गत एशियाली छनोटको पहिलो चरणको भेटमा नेपालले म्यान्मालाई १–१ मा रोके पनि त्यसलाई नेपालले हिरो गोल्डकपको पहिलो खेलमा भने निरन्तरता दिन सकेन । अन्तिम चरणमा फेरि म्यान्मारलाई रोक्ने प्रयास गर्ने प्रशिक्षक खड्काले बताए ।
‘हामी अन्तिम चरणमा अलि रणनीति बदलेर खेल्नेछौं, हामीले पहिला गोल खाएनौँ भने जित्न सक्छौं किनभने शुरुमै गोल खायौं भने हाम्रा खेलाडीले सन्तुलन गुमाउने गरेका छन’ प्रशिक्षक हरिख खड्काले भने ।

प्रतिक्रिया दिनुहोस्