Logo
Logo

भारतद्वारा कार्गो ट्याकिङमा परिमार्जन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ४ फागुन । भारत सरकारले विद्युतीय कार्गो ट्याकिङ प्रणाली प्रयोग गरी ट्रान्सब्याटमेन्ट प्रक्रियाको सुरु गरेको छ ।
कोलकाता र हल्डियाको पोर्टफोलियोबाट नेपालबाहिरी ट्रान्जिट कन्टेनरको परिवहन सुविधालाई नयाँ प्रक्रिया थालनी गरेको हो । यो परिमार्जनले कोलकाता र हल्दियाबाट रेजुहा रेलवे स्टेशन र जगोग्बी एलसीएसमार्फत रक्सौल एलसीएस र विराटनगरबाट रेल मार्गलाई सुविधा हुने जनाइएको छ ।
नेपालको बाहिरी ट्रान्जिट कार्गोको लागि समान सुविधालाई पहिलोपटक २०१८ मा विशाखापट्टनम पोर्टबाट सुरु गरिएको थियो । काठमाडौंस्थित भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो प्रक्रियाले दुई देशबीच सीमा शुल्क ट्रान्जिट सुविधा स्वचालित गर्नका लागि एक महत्वपूर्ण कदम हो ।’ भारतले नेपाल व्यापारका लागि ट्रान्जिट सुविधामा सुधारका लागि आफ्नो प्रतिबद्धतालाई नवीकरण गरेको जनाएको छ ।
यस नयाँ परिमार्जनअन्तर्गत, नेपालको व्यापारीहरूको अनुमति खोज्न र ट्रान्जिट गर्न सजिलो हुने बताइएको छ । साथै इटिसिटीएसमार्फत उच्च सुरक्षा इलेक्ट्रोनिक प्रयोग गरेर कन्टेनरहरू सील गर्ने सुविधा प्रदान गर्दछ, जसमा ती कार्यक्षमताहरू ट्याकिङ गर्ने काम गर्दछ । नेपाली व्यापारीहरूले यस नयाँ परिमार्जनबाट धेरै लाभ उठाउने सक्ने जनाइएको छ । ‘यो सुरक्षित र पारगमन सुनिश्चित गर्न सकिन्छ, पारस्परिक सीमा औपचारिकताहरू ट्रान्जिट समय, ढुवानी लागतमा कमि आउनेछ’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्