Logo
Logo

ज्यादा भोक लाग्ने समस्याको लक्षण र रोकथाम


दृष्टि संवाददाता


सामान्यभन्दा धेरै भोक लाग्नु नै आफैँमा एक किसिमको लक्षण हो । जबकि पोलिफेजियाको साथ केही अन्य लक्षण समेत देख्न सकिन्छ । जुन यसको कारण बन्नेवाला स्थितिका अनुसार नै पैदा हुने गर्छ ।

मधुमेहको कारणः

– शरीरको वजन कम हुनुु र जसको कारण थाहा नहुनु

– आँखाले ठीकसँग देख्न नसक्नु

– अत्यधिक प्यास लाग्नु

– बारम्बार पिसाब लाग्नु

– शरीरमा लागेको चोट वा नील डाम ठीक हुन धेरै समय लाग्छ

– हात वा खुट्टामा दुखाइ वा झुनझुनी हुनु

– थकानको महसुस हुनु

हाइपोग्लाइसिमियाको कारणः

– चिन्ता

– यस्तो महसुस हुनु जसरी तपाईंको हृदयको बीचबीचमा धड्कन बन्द गरिदिन्छ ।

– छाला पहेँलो बन्नु

– शरीर र हात काप्नु

– ज्यादा पसिना आउनु

– अनुहारको आसपास झम्झमाउनु

कम सुत्नुको कारण

– मुडमा बदलाव आउनु

– लापरबाही

– सचेत रहन नसक्नु वा चञ्चल भइरहनु

– अधिक दुर्घटना

– शरीरको वजन बढ्नु ।

तनावका कारण

– व्यक्तिमा अचानक अत्यधिक क्रोधको विकास हुनु

– थकानको महसुस हुनु

– टाउकोको दुखाइ

– निद्रासम्बन्धी समस्याहरू हुनु

ज्यादा भोक लाग्ने समस्याको रोकथाम

धेरै भोक लाग्नुको एक लक्षण हुन्छ र यसको रोकथाम गर्नको लागि यसको कारण बन्ने आन्तरिक स्थितिलाई रोक्नुपर्ने हुन्छ । प्रायःजसो निम्न विषयलाई ध्यान राखेर यसको लक्षणलाई नियन्त्रणमा राख्न सकिन्छ । जस्तै– यस्तो आहार नखानुहोस् जसमा गुलियो पदार्थ वा रिफाइण्ड कार्बोहाइड्रेड आदि पर्छन् ।

– नियमित रुपले एक्सरसाइज गर्नुहोस्

– धुम्रपान छोड्दिनुहोस्

–गुलियो पेय पदार्थ नपिउनुहोस्

प्रतिक्रिया दिनुहोस्