Logo
Logo

कोटेश्वरमा १४ वर्षिय बालिका बलात्कृत, मिठाइ पसलका कामदार पक्राउ


दृष्टि संवाददाता


काठमाडौं, २ फागुन ।
कोटेश्वरमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी भएको छ । कोटेश्वरस्थित लक्ष्मी स्वीट पसलमा काम गर्ने धनुषा महेन्द्रनगर नगरपालिका ५ घर भएका २१ वर्षीय दिपेन्द्र मण्डलले शनिबार साँझ बलात्कार गरेका हुन् । मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।


मण्डलले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । देशमा बलात्कारका घटना बढेका छन् । जसमा धेरै जसो पीडित हुने बालिका छन् ।

प्रतिक्रिया दिनुहोस्