Logo
Logo

‘भ्यालेन्टाइन डे’बारे केही रोचक तथ्य


दृष्टि संवाददाता


काठमाडौं, २ फागुन । विश्वभर १४ फेब्रुअरीका दिन प्रणय दिवस अर्थात् भ्यालेन्टाइन मनाइने कुरा सबैलाई थाहा छ । तर, भ्यालेन्टाइनको विभिन्न तथ्य धेरैलाई थाहा नहुन सक्छ ।

भ्यालेन्टाइन प्रेमिल जोडीको लागि निकै महत्वपूर्ण पर्वका रुपमा नै मनाइने भएपनि यो दिन महिला भन्दा पुरुषको खर्च बढी हुने गर्दछ । यस दिन विश्वभर गरेर कुल ५ करोड गुलाब एकआपसमा दिइने गरिन्छ । एक तथ्यांकका अनुसार विश्वमा यस दिन ७३ प्रतिशत पुरुषले फूल खरिद गर्छन् भने २७ प्रतिशत मात्र महिलाले आफ्नो प्रेमीलाई फूल दिने गर्दछन् ।

क्रिसमसपछि विश्वभर सबैभन्दा धेरै प्रणय दिवसका दिन अभिवादन कार्ड दिइने गरिन्छ । प्रणय दिवसका दिन नै साढे ३ करोड चक्लेटको खपत हुने गर्दछ ।

प्रणय दिवसको दिन इटालीको भेरोनामा सेक्सपियरको रोमियो–जुलियट नामक नाटक देखाइन्छ । नाटक हेर्न २ लाख भन्दा बढीको उपस्थिति हुने गर्दछ ।

इटालीको भेरोनामा सेक्सपियरको रोमियो–जुलियट नामक नाटक

सबैभन्दा रोचक कुरा त १७ औं शताब्दीमा नै पहिलो पटक प्रणय दिवस मनाइएको थियो । प्रणय दिवसको दिन विश्वभर १८ करोडले मोबाइलबाट प्रेमसम्बन्धी सन्देश आदानप्रदान गर्दछन् ।

झट्ट हेर्दा प्रेम दिवस भएपनि विश्वका २० प्रतिशत कम्पनीलाई यस दिन व्यापारमा सबैभन्दा धेरै फाइदा लिने दिनको रुपमा हेर्ने गरिन्छ । एजेन्सीकाे सहयाेगमा

प्रतिक्रिया दिनुहोस्