Logo
Logo

कोरोनाबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या ३३५ पुग्यो


दृष्टि संवाददाता


काठमाडौं, ३ फागुन । विदेशमा थप दुई जना नेपालीको कोरोना भाइरस (कोभिड—१९) को संक्रमणका कारण मृत्यु भएको छ । पछिल्लो साता बेलायतमा २ जना नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।

एनआरएनले दिएको जानकारी अनुसार यससँगै विदेशमा मृत्यु हुने नेपालीको संख्या ३३५ पुगेको छ । हालसम्म २१ देशमा कोरोना संक्रमणले नेपालीको मृत्यु भएको छ ।

शनिबार साँझसम्म ५० देशमा कोरोना संक्रमित नेपालीको संख्या ६० हजार १२१ पुगेको छ भने तीमध्ये ५८ हजार ४ सय ३२ जना कोरोनामुक्त भएको एनआरएनए अनतर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाले बताए ।

संक्रमणमुक्त हुने दर ९७ प्रतिशत छ । यो साता अष्ट्रेलिया, स्पेन, बेलायत, युएई, साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण पुष्टि भएको गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्