Logo
Logo

गिनियामा फेरि देखियो इबोला भाइरस, तीन जनाको मृत्यु


दृष्टि संवाददाता


एजेन्सी, ३ फागुन । पश्चिमी अफ्रिकी देश गिनियामा इबोला भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमणबाट तीन जनाको मृत्यु भएको छ भने अन्य ७ जनामा पनि संक्रमण पुष्टि भएको छ । भाइरस देखिएसँगै नयाँ भाइरस प्रकोपको घोषणा गरिएको छ ।

संक्रमित सात जनामा झाडापखाला, बान्ता हुने र रगत बग्ने लक्षण देखा परेको छ भने स्वास्थ्यमन्त्री रेमी लामाहले अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावली अनुरूप इबोला महामारीको घोषणा गरेका छन् ।

यसअघि सन् २०१३ देखि २०१६ मा पनि गिनियाबाट सुरु भएको भाइरस संक्रमणबाट ११ हजार भन्दा बढीको ज्यान गएको थियो  भने २८ हजार संक्रमित भएका थिए । त्यतिबेला गिनिया, लाइबेरिया र सियरा लियोन सबैभन्दा धेरै प्रभावित भएका थिए ।

इबोला निदानको पुष्टि गर्नको लागि दोस्रो चरणको परीक्षणहरू सञ्चालन भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्