Logo
Logo

अधिकांश काेराेना सङ्क्रमित उपत्यकामा


दृष्टि संवाददाता


काठमाडौं, ३ फागुन । पछिल्ला दिनमा कोरोना सङ्क्रमणको दर घट्दै गए पनि सङ्क्रमितमध्ये अधिकांश काठमाडौं उपत्यकाका छन् ।

बितेको २४ घन्टामा तीन हजार ५४१ नमूना परीक्षण गर्दा १२२ सङ्क्रमित फेला परेका छन् । सङ्क्रमितमध्ये काठमाडौँ उपत्यकाका ७३ छन् ।

हालसम्म काठमाडौंमा एक लाख दुई हजार १७५ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये एक लाख ६७३ निको भएका छन् भने ५०२ जनाको मृत्यु भएको छ ।

अझै पनि काठमाडौँमा एक हजार सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ललितपुरमा १४ र भक्तपुरमा ३९ सक्रिय सङ्क्रमित छन् ।

पछिल्लो २४ घन्टामा उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या १४४ छन् । हालसम्म उपचारपछि निको भएर घर फर्किनेको सङ्ख्या दुई लाख ६९ हजार २०४ पुगेको छ । कोरोना मुक्त हुनेको दर ९८।७ प्रतिशत पुुगेको छ ।

बितेको २४ घन्टामा कोरोनाका कारण दुुई जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट दुुई हजार ५५ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्