Logo
Logo

नेकपा कार्यकर्ताहरु चौवाटोमा–लुट्ने, विरोध गर्ने वा चुपलाग्ने


- दृष्टि न्युज/संवाददाता



लुट्न सके लुट गीत काण्डले नेकपा कार्यकर्ता र समर्थकहरुलाई चौवाटोमा पु¥याएको छ । देशमा भैरहेको लुटमा हिस्सा खोज्ने कि त्यसको विरोध गर्ने वा चुप लाग्ने भन्ने जस्ता विभिन्न ढोका उनीहरुका लागि खुलेका छन् ।

अख्तियार जस्तो संवैधानिक निकायका पदाधिकारीले नै भ्रष्टाचार गरेको प्रमाण सरकारलाई चार महिना अगाडि नै पुगेपनि त्यो वेला कारवाही नगरिनु गम्भीर घटना हो । अहिले पनि भ्रष्टाचारी आयुक्त पाठकलाई पक्राउ गरेर कारवाही गर्ने प्रकृया अघि नवढाउनुले नेकपा सरकार प्रति गम्भीर प्रश्न खडा गरेको छ ।

लुट्न सके लुट गीतले जनताको मन छोएको छ । यो आँधी सरी फैलिनुले जनताको आक्रोस कुन स्थितिमा रहेछ भन्ने देखाउँछ । उल्टै सो गीतलाई धम्क्याएर हटाउन लगाउनुले पंचायती प्रवृति फर्केको संकेत दिएको छ ।

यस्तो वेलामा नेकपाका कार्यकर्ताहरुले नेकपा नेतृत्वको सरकारलाई खवरदारी गर्नु पर्ने कर्तब्य हो । तर केही कार्यकर्ताहरु भने उग्र रुप लिंदै नेतृत्वको चाकडीमा लाग्नु तथा सरकार र पार्टीका नेताहरु चुप लाग्नुले नेकपा र यसको नेतृत्वमा रहेको सरकार आगामी दिनमा अझ गम्भीर संकटमा पर्न जाने स्पष्ट हुँदैछ ।

नेकपाको र सरकारको साख जोगाउने हो भने नेतृत्वको गलत तौर तरिका तथा देशमा भैरहेको लुटको तीब्र विरोध गर्दै नेतृत्वलाई सच्याउन लगाउनु पर्दछ । उल्टै जनताको विरोध गर्न पाउने अधिकारलाई दमन गर्न खोजियो भने नेकपाको हालत पनि पंचायतको जस्तै वन्न पुग्नेछ ।

अहिले सो गीतको विरोध गर्नेहरुले कुनै वेला पंचायत, राजतन्त्र र कांग्रेसका विरुद्ध के कस्ता शब्द प्रयोग गरेर वर्तमान नेकपा नेताहरुले विरोध गरेका थिए भन्ने पनि सम्झनु पर्दछ ।

साेभियत संघ र पूर्वी युराेपका कम्युनिष्ट शासन किन जनताले ढाल्याे भन्ने तर्फ नेकपाका कार्यकर्ताहरूले समय मै सचेत भएनन् भने नेपालमा त्याे नदाेहरिएला भन्न सकिन्न ।

कम्युनिष्टकाे विकल्प पुराना पंच , राजतन्त्र वा कांग्रेस हाेइन भन्ने वास्तविकता हाे । यसका लागि अरू कम्युनिष्ट शक्तिहरू एकजुट हुने र नेकपा भित्रैवाट जनपक्षीय धारकाे विकास गर्न काेशिस गरिनु पर्दछ । अन्यथा अरूले माैका पाउने हुन्छ ।

रवीन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्