Logo
Logo

प्रचण्ड-माधव समूहकाे नारा- ‘ओली जहाँ भ्रष्टाचार त्यहाँ’


दृष्टि संवाददाता

7.7k
Shares

काठमाडौं, ६ फागुन । प्रतिनिधि सभा विघटनपछि देशव्यापी विरोधका कार्यक्रम गर्दै आएको नेकपा प्रचण्ड–माधव समूहले टुँडिखेल वरिपरि मानव साङ्लो बनाएकाल छन् । प्रतिनिधि सभा विघटनको विरोधका साथै महँगी र भ्रष्टचारविरुद्ध प्रचण्ड–माधव पक्षले मानव साङ्लो बनाएको हो ।

प्रचण्ड–माधव समूहका नेत योगेश भट्टराईका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमको विपक्ष तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा सांकेतिक रुपमा मानव साङ्लो बनाएर विरोध गरिएको हो ।

प्रदर्शनकारीहरु टुँडिखेल वरिपरि विभिन्न नारा लेखिएको प्लेकार्ड र ब्यानरसहित उपस्थित भएका छन् । उनीहरुले ‘प्रतिगमन रोक्छौं, रोक्छौं’, ‘प्रतिगमन मुर्दावाद’ ‘लोकतान्त्रिक शक्तिहरु एक हौं’, ‘संसद् विघटन गर्न पाइँदैन, निरंकुशतन्त्र चाहिँदैन’, ‘ओली जहाँ भ्रष्टाचार त्यहाँ’ लगायतका नाराहरु प्रस्तुत गरेका छन् ।

प्रदर्शनमा पार्टी कमिटीका साथसाथै अनेरास्ववियु, राष्ट्रिय युवा संगठन, अखिल नेपाल ट्रेड युनियन महासंघ लगायतका भातृ संगठनको पनि सहभागिता रहेको छ ।

मानव साङ्लो दिउँसो ४ बजे सुरु भएर ५ बजे सकिएको थियो । नेकपा प्रचण्ड–माधव समूहले फागुन २ गते चौंथो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । जसअन्तर्गत फागुन १२ गतेसम्म सबै जिल्लामा प्रदर्शन गरिने र यसबीचमा हस्ताक्षर संकलन गर्ने कार्यक्रम रहेको भट्टराईले जानकारी दिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्