Logo
Logo

अदालतको फैसला मान्य हुन्छ : सभापति देउवा


दृष्टि संवाददाता

315
Shares

पोखरा, ६ फागुन । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदातलको पैmसला पार्टीका लागि मान्य हुने बताएका छन् ।

नेपाल राष्ट्रिय मगर सङ्घ गण्डकी प्रदेशस्तरीय सम्मेलन तथा राष्ट्रिय मगर विद्यार्थी सङ्घ प्रदेश समितिको घोषणा कार्यक्रमको उद्घाटन गर्दै उनले अदातलले प्रतिनिधिसभा पुनःस्थापना वा निर्वाचनमा जाने जुनसुकै पैmसला गरे पनि पार्टीका लागि स्वीकार्य हुने बताए ।

मुलुकको प्रत्येक परिवर्तमा मगर समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले संविधानले व्यवस्था गरेका हक अधिकारको संरक्षण कार्यान्वयनका लागि मगर सङ्गठित भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

पार्टीका गतिविधिमा सक्रिय सहभागिता जनाउन कार्यकर्तालाई निर्देशन दिँदै सभापति देउवाले लामो सङ्घर्षबाट नेपाली जनताले प्राप्त गरेको अधिकारको रक्षाका लागि पार्टी एकताबद्ध भएर लाग्नुको विकल्प नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्