Logo
Logo

विध ल्याबलाई स्वास्थ्य मन्त्रालयद्वारा ‘ए’ ग्रेडको लाइसेन्स


दृष्टि संवाददाता


काठमाडौं, ६ फागुन । ललितपुरको कुपण्डोलस्थित युएन पार्कमा अवस्थित विध ल्याबलाई स्वास्थ्य मन्त्रालयले ‘ए’ ग्रेडको लाइसेन्स प्रदान गरेको छ ।

विगत लामो समयदेखि संचालनमा आएको विध ल्याबलाई यसअघि नै राष्ट्रिय सार्वजनिक स्वास्थ्य प्रयोगशालाले सञ्चालन अनुमती प्रदान गरिसकेको थियो ।

‘ए’ ग्रेडको लाइसेन्स प्राप्त गरेसँगै ल्याबमा अब जुनसुकै प्रकारका स्वास्थ्य परिक्षण गर्न गराउन मिल्ने भएको छ ।

विध ल्याब कोरोना महामारीको रुपमा फैलिएको अवस्थामा सबै भन्दा सस्तो मूल्यमा पिसिआर परीक्षण गराउने ल्याबको रुपमा परिचित छ ।

ल्याबले पछिल्लो समयमा आफ्नो सेवालाई विस्तार गर्दै २५०० भन्दा धेरै प्रकारका स्वास्थ्य परिक्षण गर्ने क्षमता विकास गरेको सञ्चालक बिके भण्डारीले जानकारी दिए ।

जसमा सबै प्रकारका आणविक परिक्षण समेत सामेल रहेको ल्याबले जनाएको छ । यस ल्याबमा हाल १० जना भन्दा धेरै स्वास्थ्य सेवामा अब्बल र अनुभवी डाक्टरहरु कार्यरत रहेका छन् ।

ल्याबमा नेपालकै प्रतिष्ठित माइक्रो बायोलोजिस्ट र प्याथोलोजिस्ट समेत गुणस्तरीय सेवा प्रवाह गर्दै आएको छ ।

सारा शरिर जाँच लगायत सम्पूर्ण प्याथोलोजी सेवा उपलब्ध विध ल्याबमा कोभिड–१९ लगायत अन्य जस्तोसुकै रोगको समेत घरबाटै नमुना संकलनको २४ घण्टा नै सेवा उपलब्ध रहेको र यसले अत्याधुनिक एसएमएस् र इमेल प्रविधीमार्फत सम्बन्धित व्यक्तिलाई रिपोर्ट पठाउने सुविधा केहि समय अघिबाट नै सुचारु भएको बिथले जनाएको छ ।

लिकुइड बेज्ड साइटोलोजि (एल.बि.सी)को आधारमा नमुना तयार गरिने उक्त ल्याबमा प्राण घातक रोग क्यान्सर, एचआईभी, हेपाटाइटिस लगायत ट्युबरकुलोसिस र डेङ्ग्यु जस्ता रोगहरुको समेत नमुना परिक्षण हुँदै आएको छ ।

ल्याबमा निसन्तान दम्पत्तिका लागि समेत विशेष परिक्षणको व्यवस्था रहनुका साथै त्यसलाई हल गर्ने परामर्शको सेवा समेत उपलब्ध रहेको बिथले जनाएको छ । विध ल्याबले एक महिनासम्मको लागि उपलब्ध समस्त जाँचमा १५ प्रतिशत छुटको व्यवस्था गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्