काठमाडौं, ७ फागुन । प्रतिनिधि सभा विघटनको विरोधमा बृहत् नागरिक आन्दोलनले आफ्नो घोषणापत्र २०७७ जारी गरेको छ ।
‘बृहत् नागरिक आन्दोलन’ ले काठमाडौंको टुँडिखेलमा मार्च गरेको छ । शंखधर पार्कबाट शहीद गेट हुँदै जुलुस टुँडिखेलतिर अघि बढेको छ ।
यसक्रममा ‘नागरिक आन्दोलन जिन्दावाद, प्रतिगमन मुर्दावाद, गणतन्त्र जिन्दावाद’ जस्ता नारा लगाइएको छ । वृहत नागरिक आन्दोलनले जारी गरेको घोषणापत्रमा अबका कार्यक्रमलाई १० बुँदे उद्देश्यमा केन्द्रित रहने अभियन्ताहरुले जानकारी दिएका छन् ।
‘नागरिक आन्दोलनसँगै हातेमालो गर्दै रचनात्मक र सांस्कृतिक जागरुकता लागौँ,’ सो घोषणापत्रमा भनिएको छ, ‘मुलुकलाई नयाँ दिशानिर्देश गरौं, अग्रगामी परिवर्तनका लागि निम्न सवालमा केन्द्रित होऔं ।’
कार्यक्रममा साहित्यकार, लेखक, पत्रकार, नागरिक अभिन्यताहरू सहभागी छन् । टुँडिखेल मार्चपछि हुने सभामा कवि केवल बिनाबी, नागरिक अभियन्ता जेबी विश्वकर्मा, मुक्त टुँडिखेल अभियन्ता आलोकसिद्धि तुलाधर, नेपाल चेपाङ संघका अध्यक्ष जीतेन्द्र चेपाङ, ज्यापू महागूथिका अध्यक्ष तथा कवि राजभाइ जकःमिले मन्तव्य राख्ने छन् ।
यसैगरी, खोकना जनसरोकार समितिका नेपाल डंगोल, अभियन्ता सपना सञ्जिवनी, कवि तथा रंगकर्मी संगीता उराव, अभियन्ता रिता साह, लेखक सरिता तिवारी, कवि राजु स्याङ्तानले पनि आफ्ना भनाइ राख्दै छन् ।
पूर्णपाठ












