Logo
Logo

स्वास्थ्य उपचारपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वदेश फर्किदै


दृष्टि संवाददाता


काठमाडौं, ८ फागुन । स्वास्थ्य परीक्षणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका नेकपा प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनाल आज स्वदेश फर्किदैछन् । उनको स्वास्थ्यमा निकै सुधार आएको परिवारले जानकारी दिएको छ ।

उनी गत माघ ३० गते उपचारका लागि नयाँ दिल्ली गएका थिए । त्यहाँको एपोलो अस्पतालमा उनको उपचार भएको थियो । पू्र्वप्रधानमन्त्री खनाललाई भेट्न भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य पनि पुगेका थिए ।

एक हप्ताभन्दा लामो दिल्ली बसाई टुङ्ग्याएर आज दिउँसो ४ बजे नेता खनाल नेपाल आइपुग्ने तयारीमा छन्।

प्रतिक्रिया दिनुहोस्