Logo
Logo

दलित अगुवालाई बर्खास्त गरेर राजद्रोह मुद्दा खेपेका व्यक्तिलाई प्रदेश प्रमुख


दृष्टि संवाददाता


काठमाडौं, ८ फागुन ।
केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकारको राज्यमा अराजकता बढ्दै गएको छ । जथाभावी नियुक्ति, सरुवा तथा लुटको धन्दालाई सरकारले तिव्रता दिएको छ ।


यही क्रममा सरकारको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुख बर्खास्त गरेर नयाँ नियुक्त गरेकी छिन् । यो नियुक्तिको सर्वत्र चर्काे विरोध भएको छ ।

दलित अगुवा तिलक परियारलाई राजनीतिक प्रतिशोधका आधारमा बर्खास्त गरेर विवादास्पद पृष्ठभुमी भएका राजेश अहिराज झालाई नियुक्त गरिएको छ । झाले प्रधानमन्त्री केपी शर्मा ओलीको गुनगान गाउँदै आएका छन् । परियारको प्रधानमन्त्रीसँग निकटता नभई पूर्व माओवादी नेतासँग निकटता छ ।

झा यसअघि राजद्रोह जस्तो गम्भीर मुद्दा खेपेका व्यक्ति हुन् । राजद्रोह मुद्दामा बिशेष अदालतले उनलाई दोषी ठहर गरेपनि पछि सर्वाेच्चबाट भने सफाइ पाएका थिए ।

मधेशवाणाी साप्ताहिकको मिति २०६७ असोज १ गते शुक्रबारको पत्रिकामा जनतान्त्रिक तराई मुक्ति मोर्चाको सैन्य भर्ना सम्बन्धि सूचना प्रकाशन गरेका थिए । राज्यविरुद्ध नै हतियारसहित विविध गतिविधिमा संलग्न मोर्चासँग उनको साँठगाँठ देखिएपछि प्रहरीले पक्राउ गरेर राजद्रोह मुद्दा चलाएको थियो । त्यस्तो पृष्ठभुमी भएका व्यक्ति प्रदेश प्रमुख जस्तो बिशिष्ट पदमा नियुक्त गरिएकोमा ओली निकट नेताहरुले नै आश्चर्य व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्