Logo
Logo

सुपारीपछि तेल तस्करी


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । कुनै समय सुपारी तस्करी तराईका जिल्लाका सीडीओ, प्रहरी तथा भन्सार अधिकारीहरुको कमाईको माध्यम थियो । नेपालका लागि भनेर आयात गरिएको सुपारी भारतमा तस्करी हुन्थ्यो ।

पछिल्लो सयम सुपारी तस्करी रोकिएको छ । सुपारी तस्करीमा संलग्नहरु केही वर्षयता मरिच तस्करीमा लागेका छन् । भारतमा मरिचको धेरै माग भएको र नेपालको तुलनामा सस्तो भएकाले तराईका जिल्लाहरुबाट मरिच तस्करी हुने गरेको छ । तस्करीको मरिच पनि बेला बेलामा प्रहरीले बरामद गर्दै आएको छ । कतिपय जिल्लामा सेटिङमै तस्करी भइरहेको समेत स्रोत बताउँछ ।
तर, पछिल्लो समय गोप्यरुपमा अर्काे वस्तुको पनि नेपालबाट भारतमा तस्करी भइरहेको छ । जसको बारेमा सुरक्षा निकाय नै बेखबर छन् ।
नेपालबाट अहिले खानेतेल तस्करी गरेर केही व्यापारीहरुले करोडौं कमाइरहेका छन् । भन्सारका केही अधिकारीसँग सेटिङ मिलाएर तस्करी भइरहेको छ ।
इन्डोनेसिया र फ्रान्सबाट आयात गरिने सनफ्लावर तेल भारतमा तस्करी हुने गरेको हो । सो तेल नेपालमा कार्टुनको १२ सय रुपैयाँमा बिक्री हुन्छ । तर, भारतमा एक कार्टुन १२ सय ५० भारुमा बिक्री हुने गरेको छ । धेरै नाफा हुने भएकाले सनफ्लावर अहिले नक्कली कागजपत्र बनाएर भारतमा तस्करी ुहने गरेको स्रोत बताउँछ ।
यसमा केएल दुगड, अन्नपूर्ण भेजेटेरियन लगायतका कम्पनीहरु नै आबद्ध रहेको स्रोत बताउँछ । तेस्रो देशबाट आयात भएका सामान अन्य देशमा निर्यात गर्न पाइँदैन । उत्पादनको प्रमाणपत्रका आधारमा मात्र निर्यात गर्न पाइन्छ । तर, केही व्यापारीहरुले भन्सारमा गोप्य सेटिङ मिलाएर तेलको तस्करी गरिरहरेका छन् ।

प्रतिक्रिया दिनुहोस्