Logo
Logo

आफ्नो बचाउ गर्दै बादलले भने, ‘उहाँहरु गोयबल्सको बाटोमा लागे’


दृष्टि संवाददाता

756
Shares

काठमाडौं, ८ फागुन । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आफ्नो बचाउ गरेका छन् । विराटनगरका आयोजित ओली पक्षको जनसभालाई सम्बोधन गर्दै भने, ‘बादल फेरि प्रचण्ड–नेपाल पक्षमा फकँदैछ भन्ने प्रचार गरिएको छ । किन झुठ प्रचार गरिन्छ ।’ उनले प्रचण्ड–नेपाल पक्षलाई हिटलरका प्रचारमन्त्री गोयबल्ससँग समेत तुलना गरे ।
प्रधानमन्त्री ओली पक्षमा खलेर लागेका गृहमन्त्री थापाले भने, ‘झुठ सधैं झुठ नै हुन्छ ।’ सभामा उनले पार्टीको भन्दा आफ्नो बचाउमा बढी खर्चिए । उनले पटक पटक प्रचण्ड–नेपाल समूहलाई गोयबल्ससँग तुलना गर्दै भने, ‘हिटलरका प्रचारक गोयबल्सको बाटोमा उहाँहरु लाग्नु भएको छ । सत्य सत्य नै हुन्छ । झुठ टिक्दैन ।’
केही दिनअघि मात्र गृहमन्त्री थापा प्रचण्ड–नेपाल समूहका फर्कँदैछन् आशयको समाचारहरु बाहिरिएको थियो । ओली पक्षको युवा संघ नेपालको केन्द्रीय समिति घोषणा कार्यक्रममा पूर्वएमाले र पूर्वमाओवादीबीच विवाद देखिएको थियो । युवा संघमा देखिएको विवादसँगै गृहमन्त्री थापा प्रचण्ड–नेपाल पक्षमा फर्कँन सक्ने दावीका आधारमा समाचार आएको थियो ।

गृहमन्त्री थापाले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई छिट्टै पक्राउ पर्ने समेत दावी गरे । थापाले भागरथी भट्टको बलात्कारपछि हत्या गर्नेलाई संलग्नलाई कारबाही गरी छाड्ने प्रधानमन्त्री केपी शर्मा ओलीको उद्घोष कार्यान्वयन गरिएको बताउँदै भने, ‘निर्मला पन्तको बलात्कारी पनि कानूनको पञ्जा नजिक आइसकेको छ, छिट्टै कठघरामा उभ्याउने छौँ ।

 

 

प्रतिक्रिया दिनुहोस्