Logo
Logo

मेडिकल काउन्सिलका सबै परीक्षा कम्प्युटरबाट


दृष्टि संवाददाता


काठमाडौं, १० फागुन । नेपाल मेडिकल काउन्सिलले लिने सबै परीक्षा कम्युटर प्रणालीमार्फत सुरू गरेको छ । काउन्सिलले लिने दर्ता–प्रमाणपत्र परीक्षालाई पनि कम्प्युटरमा आधारित बनाएको हो ।

काउन्सिलले ललितपुरको पुल्चोकस्थित इञ्जिनीयरिङ क्याम्पसमा लिइरहेको डाक्टरको परीक्षा कम्प्युटर प्रणालीमार्फत् लिएको छ । काउन्सिलले यसअघि गत मंसिरमा सञ्चालन गरेको विशेष परीक्षा पनि यसै गरी लिएको थियो ।

मंसिरको परीक्षा प्रभावकारी भएपछि काउन्सिलले पहिलो पटक ‘पेपरलेस’ परीक्षा सञ्चालन गरेको छ। कागजी प्रणालीलाई पूरै प्रतिस्थापन गरी डाक्टरको परीक्षा सम्पूर्ण रुपमा कम्प्युटर प्रणालीमार्फत् लिइएको हो।

आइतबारदेखि सुरू भएको मेडिकल काउन्सिलको परीक्षामा १ हजार ३ सय ८५ जना एमबीबीएस र बिडीएस गरेका चिकित्सकले फारम भरेका छन् ।

सरकारले सबै क्षेत्र र निकायलाई डिजिटल प्रणालीमा चल्न निर्देशन दिएको छ। त्यही निर्देशन पालना गर्ने सिलसिलामा मेडिकल काउन्सिलले आफूलाई डिजिटलाइज गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्