Logo
Logo

सरकारले सच्यायो कोरोनाबाट मृत्यु हुनेकाे तथ्यांक


दृष्टि संवाददाता


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को संक्रमणबाट निधन हुनेको सङ्ख्या सच्‍याएको छ । मन्त्रालय र कोभिड १९ संकट व्यवस्थापन केन्द्र मा कोभिडबाट मृत्यु हुनेको तथ्यांक फरक फरक भएपछि सरकारले तथ्यांक सच्याएको हो ।

मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अहिले भएको निधनमा ६ सय १८ जना थप गरिएको बताए । योसँगै अहिलेसम्म निधन भएकाको सङ्ख्या दुई हजार ६ सय ८४ पुगेको छ । यसअघि दुई हजार ६५ जना थिए ।

“सिसिएमसीले सङ्क्रमणबाट निधन भएका व्यक्तिको घरमा पुगेर पनि शव व्यवस्थापन गरेको थियो”, उनले भने, “सिसिएमसीले प्रस्तुत गरेको तथ्यांकमा निधन भएकाको सङ्ख्या बढेकाले सच्याइएको हो ।”
संक्रमणबाट निधन भएका संख्या मन्त्रालय र सिसिएमसीको फरक परेकाले समिति गठन गरिएको थियो ।

नेपालमा अहिलेसम्म दुई लाख ७३ हजार ७६० जना संक्रमित, दुई लाख ७० हजार १३९ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्