Logo
Logo

ज्योति लाइफ इन्स्योरेन्सले फागुन २३ गते आइपीओ निष्काशन गर्दै


दृष्टि संवाददाता


काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले फागुन २३ गतेदेखि साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले १०० का दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

तीमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषलाई र तीन लाख ३३ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आइपीओका लागि फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ ।

आइपीओ निष्काशनका लागि एनएमबी क्यापिटल बिक्री प्रबन्धक रहेको छ । आइपीओ बिक्री तथा वितरणपश्चात् कम्पनीको चुक्ता पूँजी रु दुई अर्ब २० करोड पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्