Logo
Logo

धादिङ्ग र सिन्धुपाल्चोकका स्वास्थ्य चौकी पुनर्निर्माणका लागि भारतद्वारा ५३ करोड रुपैयाँ आर्थिक सहयोग


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माणका लागि भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण विभागका प्रमुख तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशकले चार वटा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

धादिङ्ग जिल्लामा १२ वटा र सिन्धुपाल्चोक जिल्लामा १३ वटा गरी कूल २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माण हुन लागेको हो । २०७२ सालको भूकम्पले क्षति पुर्‍याएको यी स्वास्थ्य चौकी ५३ करोड रुपैयाँको लागतमा पुनर्निर्माण हुन लागेको हो ।

सोही अवसरमा सफल बोलपत्रदातालाई कार्य हस्तान्तरण गर्न हेतु ठेकेदार र केन्द्रीय आयोजना कार्यान्वयन इकाई ९भवन०का बीच चार वटा ठेक्का सम्झौतामा पनि हस्ताक्षर भएको छ । उक्त स्वास्थ्य चौकीको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान ९सीबीआरआई०, रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ ।

केन्द्रीय भवन अनुसन्धान संस्थान ९सीबीआरआई० भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतकै शीर्ष संस्थानमा पर्दछ । नेपालका १० जिल्लाका स्वास्थ्य क्षेत्रमा पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

सोही प्रतिबद्घता अनुरुप १ सय ४७ वटा स्वास्थ्य परियोजना मध्ये यी २५ वटा स्वास्थ्य चौकीको पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत हुन लागेको हो । बाँकी परियोजनाहरु बोलपत्र आव्हान प्रक्रियाको सुरुवाती चरणमा रहेको छ ।

यी स्वास्थ्य संरचनामा ओपीडी, डिस्पेन्सरी, औषधि भण्डारण कक्ष, एन्टी÷पोस्ट नेटल रुम, स्वास्थ्यकर्मीका लागि शयन कक्ष, भान्साघर, अपाङ्गमैत्री सरसफाई संरचना रहनेछन् । स्वास्थ्य क्षेत्रमा पूर्वाधार संरचना सुदृढीकरण गर्नका लागि भारत सरकार नेपाल सरकारसँग मिलेर काम गरिरहेको छ ।

सन् २००३ देखि हालसम्म भारत सरकारद्वारा आर्थिक सहयोग पु¥याइएका साना विकास परियोजना योजना अन्तर्गतका ४० वटा भन्दा बढी स्वास्थ्य शिविर÷स्वास्थ्य चौकी निर्माण सम्पन्न भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्