Logo
Logo


दृष्टि संवाददाता


काठमाडौं । सहिद स्मारक बी डिभिजन लिगमा मध्यपुर युथ एसोसियसनले दोस्रो जित निकालेको छ । सातदोबाटो स्थित एन्फा मैदानमा मंगलबार भएको खेलमा मध्यपुरले श्रीकुमारी क्लवलाई २–१ गोल अन्तरले हराएको हो ।

श्रीकुमारी क्लवका आशिष राईले गोल गर्दै अग्रता दिलाएको खेलमा मध्यपुरले श्रीकुमारीको सुरुवाती अग्रतालाई उल्ट्याएको थियो ।

मध्यपुरविरुद्ध श्री कुमारीले खेलको ४० औं मिनेटमा अग्रता लिएको थियो । तर खेलको ४५ औं मिनेटमा मध्यपुर युथले खेल बराबरी गर्न सफल भएको थियो । उसका लागि कैलाश लामिछाने खत्रीले कर्नरबाट आएको बललाई हेडमार्फत गोलमा परिणत गरेका थिए ।

४८ औं मिनेटमा मध्यपुरका कप्तान धिरज श्रेष्ठले गोल गर्दै टिमलाई दुई एकले अग्रता लिन सफल भए । पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलमा दोस्रो हाफको सुरुवातमा नै मध्यपुरले अग्रता लिएको थियो ।

श्रीकुमारीको आठ खेलमा सात अंक रहेको छ भने मध्यपुर आठ खेलमा सात अंक बनाउँदै दोस्रो स्थान बनाउन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्