Logo
Logo

शेयर बजार राताम्मे हुँदै ६० अंकको पहिरो, कारोवार रकममा सामान्य सुधार


दृष्टि संवाददाता



काठमाडौँ । साेमबार ४० अंकले बढेर लगानीकर्तालाई उत्साहित बनाएको शेयर बजारले मंगलबार पुनः निराश बनाएको छ । साताको पहिलो दिन आइतबार ८० अंकले घटेको बजार सोमबार ४० अंकले बढेको भएपनि मंगलबार पुनः ६० अंकले बन्द भएको हो ।

मंगलबार शेयर बजा राताम्मे भएको छ । लगातार बढेको शेयर बजार सूचकमा मंगलबार भने र शेयर बजार शेयर बजार सूचकमा मंगलबार फेरि ६० अंकको ठूलो पहिरो गएको छ ।

नेप्से परिसूचक ५९ दशमलव ७० अंकले घटेर २ हजार ४ सय ५५ दशमलव ३३ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ८० अंकले ओरालो लागेको छ ।

कारोबार रकममा भने सोमबारको तुलनामा सामान्य सुधार भएको छ । मंगलबार २ सय ८ कम्पनीका एक करोड ३१ लाख कित्ता सेयर छ अर्ब ११ करोड रुपैयाँमा किनबेच भएका छन् । सोमबार पाँच अर्ब ७४ करोड रुपैयाँको मात्रै सेयर किनबेच भएको थियो ।

सोमबार चार कम्पनी बाहेक सबै कम्पनीको शेयर मूल्य बढेकोमा मंगलबार भने छ कम्पनी बाहेक सबै कम्पनीको सेयर मूल्य घटेको छ ।

साल्ट ट्रेडिङ र चन्द्रागिरी हिल्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन पावर पार्टनरको सेयर मूल्य आठ प्रतिशतले र एचआइडीसीएलको सेयर मूल्य दुई प्रतिशतले बढेको छ । त्यस्तै गुडविल फाइनान्स र मेरो माइक्रो फाइनान्सको सेयर मूल्य करिब १÷१ प्रतिशतले बढेको छ ।

मंगलबार नेप्सेमा कारोबार हुने १३ सबइन्डेक्स मध्ये २ वटा भने बढेर हरियो देखिएका छन् । व्यापार समूहको सव इन्डेक्स ९ दशमलव १८ प्रतिशत अर्थात २ सय ७८ दशमलव ४९ अंकले बढेको छ । अर्को होटल एण्ड पर्यटन समूहको सवइन्डेक्स पनि ० दशमलवग ८ प्रतिशत अर्थात १६ दशमलव ८६ अंकल बढेको छ ।

प्रतिक्रिया दिनुहोस्