Logo
Logo

थप ५० लाख डोज कोरोना भाइरसविरुद्धको खोप खरिद गर्दै सरकार


दृष्टि संवाददाता


काठमाडौँ । सरकारले थप ५० लाख डोज कोरोना भाइरसविरुद्धका खोप खरिद गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो चरणको खोप फागुन २३ मा सुरु नगर्दै थप ५० लाख खोप खरिद गर्न लागेको हो ।

मंगलबार प्रतिनिधिसभाकोे शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा कोभिड खोप अभियानको सम्बन्धमा भएको छलफलमा सचिव अर्यालले सरकारले थप ५० लाख डोज खोप किन्नको लागि प्रक्रिया सुरु गरेको जानकारी दिए ।

हाल मन्त्रालयसँग रहेको खोप र बाँकी १ करोड १० लाख डोज खोप जम्मा गरी अर्को चरणको खोप अभियान सञ्चालन गरिने अर्यालले जानकारी दिए ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्र रमन सिंहले ३ लाख डोज खोप यहि हप्ताभित्र आउने र थप १० लाख खोप १५ दिनभित्र आउने जानकारी दिए । तर, एकैचोटी करोडको संख्यामा खोप आएमा राख्ने ठाउँको अभाव हुन सक्ने उनको भनाइ छ ।

१८ वर्ष मुनिका बालबालिकाको उमेर समूहमा अध्ययन भएर तथ्यांक नआएको हुनाले खोप भने नदिइने नदिइने स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्