Logo
Logo

सभामुख सहित नेताहरुले लगाए कोरोना विरुद्धको खोप


दृष्टि संवाददाता


काठमाडौं । संघीय संसदका दुबै सदनमा प्रतिनिधित्व गर्ने सांसदहरुलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ । विहान १० बजेबाट काठमाडौंको सिभिल अस्पतालमा खोप लगाउन थालिएको हो ।

सभामुख अग्नि सापकोटा, नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका सांसद तथा नेताहरुले खोप लगाएका छन् । खोप लगाए लगतै अध्यक्ष प्रचण्डले सबैलाई खोप लगाउन अपिल गरेका छन् ।

खोप लगाउने कार्यक्रममा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी पनि उपस्थित थिए । संघीय संसद् सचिवालयले कोरोना संक्रमणलाई मध्यनजर गर्दै सरकारसँग सहकार्य गरेर सांसद र संसद् भवनभित्र प्रवेश गर्ने कर्मचारी र मर्यादापालकलाई समेत खोपको लगाउने व्यवस्था मिलाएको हो ।

सांसद, कार्यव्यवस्थामा रहेका अधिकारी र मर्यादापालक एवं कर्मचारी गरेर करिब एक हजार ४ सयभन्दा बढीका लागि खोप व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्