Logo
Logo

अब मोबाइलबाट दुई लाखसम्म भुक्तानी गर्न मिल्ने


दृष्टि संवाददाता


प्रतिकात्मक तस्वीर

काठमाडौंं । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीको सीमा बढाएको छ। राष्ट्र बैंकले विद्युतीय भुक्तानीको अहिले रहेको सीमा संशोधन गरेको हो ।

बुधबार बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र जारी गर्दै राष्ट्र बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट र एकाउन्ट ट्रान्सफर) को अधिकतम सीमा बढाएको जानकारी दिएको छ ।

अब मोबाइल बैंकिङबाट दिनमा दुई लाख रुपैयाँ र इन्टरनेट बैंकिङको अधिकतम सीमा २० लाख रुपैयाँ कायम गरिएको छ । तर, कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकम रकमान्तर गर्दा व्यवस्था लागू नहुने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

राष्ट्र बैंकले यसअघि २०७६ चैतमा विद्युतीय भुक्तानीको सीमा संशोधन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्