Logo
Logo

डिम्याट खाताको खोल्नेको संख्या ३० लाख नाघ्यो


दृष्टि संवाददाता


काठमाडौं । शेयर बजारमा प्रवेश गर्नका लागि आवश्यक पर्ने डिम्याट खाता खोल्नेको संख्या ३० लाख नाघेको छ । पछिल्लो समय शेयर बजारमा सर्वसाधाणको आकर्षण बढ्दै जाँदा डिम्याट खाता खोल्नेको संख्या ३० लाख नाघेको हो ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर (आईपीओ) पछि सर्वसाधारणको बजारमा आकर्षण ह्वात्तै बढेको हो । शेयर कारोबारको सम्पूर्ण लेखाजोखा राख्ने सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार बुधबारसम्म डिम्याट खाता संख्या ३० लाख ४१ लाख ६ सय ९८ पुगेका छन् ।

शेयर बजारमा प्रवेश गर्न डिम्याट खाता अनिवार्य छ । शेयर प्रमाणपत्र तथा अन्य धितोपत्रलाई कुनै बैङ्कमा खाता खोलेर जम्मा गर्नुलाई सेयर अभौतिकीकरण अथवा डिम्याट गर्नु भनिन्छ । यस्तो खातालाई हितग्राही खाता पनि भनिन्छ ।

आफूसँग भएको भौतिक शेयर प्रमाणपत्रलाई डिम्याट गराएपछि आफूसँग सेयर प्रमाणपत्रको कागज नचाहिने र त्यो बैंकमा रहेको डिम्याट खातामा हुने गर्दछ । सामान्य अर्थमा भन्नुपर्दा शेयर जम्मा गर्ने खाता नै डिम्याट खाता हो ।

प्रतिक्रिया दिनुहोस्