Logo
Logo

प्रधानमन्त्री ओलीले भोलि खोप लगाउने


दृष्टि संवाददाता


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् ।

शनिबार आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान त्रिवि शिक्षण अस्पतालमा गएर कोरोना खोप लगाउने जानकारी दिए ।

आइतबारबाट सुरु हुने दोस्रो चरणको खोप अभियानको शुभारम्भ पनि गर्ने गरी प्रधानमन्त्री ओलीले खोप लगाउने भएका हुन् । ७० वर्ष पुगेका प्रधानमन्त्री ओली कोरोनाको संवेदनशील समूहमा पर्छन् ।

दोस्रो चरणको अभियानमा ६५ वर्षमाथिका वृद्धवृद्धालाई मात्रै कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ । यसअघि ५५ वर्षमाथिका नागरिक, विद्यालयका शिक्षक, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालकलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरिएको थियो ।

५५ वर्षमाथिका सबैलाई खोप नपुग्ने भएकाले अहिले ६५ वर्षमाथिकालाई मात्रै लगाउने निर्णय सरकारले गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्