Logo
Logo

आइतबार थप ३ लाख खोप नेपाल आइपुग्ने, ६५ वर्षमाथिकालाई मात्रै लगाइने


दृष्टि संवाददाता


काठमाडौँ । कोरोना भाइरसविरुद्धको कोभ्याक्स सुविधा अन्तर्गत पहिलो चरणमा आइतबार ३ लाख ४८ हजार डोज कोरोना खोप नेपाउन आउने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्दयेश त्रिपाठीका अनुसार कोभ्याक्स सुविधान अन्तर्गत आइतबार भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप नेपाल आउन लागेको हो ।

यस्तै, सरकारले आइतबारबाट हुने दोस्रो चरणको अभियानमा ६५ वर्षमाथिका वृद्धवृद्धालाई मात्रै कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ । यसअघि ५५ वर्षमाथिका नागरिक, विद्यालयका शिक्षक, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालकलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरिएको थियो ।

५५ वर्षमाथिका सबैलाई खोप नपुग्ने भएकाले अहिले ६५ वर्षमाथिकालाई मात्रै लगाउने निर्णय भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
मन्त्रालयले दोस्रो प्राथमिकताको दोस्रो चरणमा ५५ वर्षमाथिका व्यक्तिहरूलाई खोप उपलब्धताका आधारमा क्रमशः खोप दिने व्यवस्था मिलाउने जनाएको छ । हिमाली जिल्लामा भने ५५ वर्षमाथिका सबैलाई खोप लगाउन सकिने मन्त्रालयले निर्णय गरेको छ ।

नेपालले खरिद गरेको २० लाख डोजमध्ये १० लाख डोज फागुन ८ गते आइसकेको छ । सरकारले अतिरिक्त ५० लाख डोज खोप किन्ने तयारी गरिरहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्