Logo
Logo

भीम रावलको प्रश्नः प्रधानमन्त्री कुन पार्टीका हुन् ?


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली कुन पार्टीका हुन भन्दै प्रतिनिधिसभामा प्रश्न गरेका छन् ।

वर्तमान सरकारले वैद्यता समेत गुमाइसकेको अवस्थामा कुनै पनि अध्यादेश ल्याउन नसक्ने भन्दै सभामुख समक्ष नेता रावलले प्रधानमन्त्रीलाई कुन पार्टीका प्रधानमन्त्री हुन ? भन्दै प्रश्न गरेका हुन् ।

कार्यसूचीमा अध्यादेश आएको भन्दै नियमापति जुनाउँदै सांसदले रावलले नियमापति जनाउँदै वर्तमान सरकारको वैद्यतामा प्रश्न उब्जेको बेला सरकारले अध्यादेश ल्याउन नसक्ने बताए ।

सांसद रावलले सर्वोच्च अदालतबाट आएको फैसलालाई कानुनी हो कि राजनीतिक हो ? भन्दै प्रश्न समेत गरेका छन् ।
उनले भने– सर्वोच्च अदालतले पार्टी निर्माण गर्ने रे ? यो कानुनी फैसला हो कि राजनीतिक फैसला हो ? हामीले विचार विमर्श गर्नुपर्ने छ ।’

प्रतिक्रिया दिनुहोस्