Logo
Logo

सर्वोच्चले राजनीतिक प्रकृतिको फैसला गर्नु गलतः प्रचण्ड


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले पार्टीको नाम आधिकारिकता सम्बन्धमा सर्वोच्च अदालतले राजनीतिक प्रकृतिको निर्णय गरेको आरोप लगाएका छन् ।

सर्वोच्च अदालतले नेकपा नाम विवादबारे फैसला गर्दै ऋषि कट्टेल नेतृत्व रहरको पार्टीलाई आधिकरिक नेकपा भनेपछि प्रचण्डले यस्तो प्रतिकृया दिएका हुन् । सर्वोच्चको फैसलाबारे सिंहदरबारमा कानूनविद्सँग छलफल गरेपछि प्रचण्डले भने– ‘सर्वोच्च अदालतको फैसला अनपेक्षित र बढी राजनीतिक प्रकृतिको छ । यो राम्रा मान्न सकिदैन ।’

छलफलका क्रममा कानूनविद्हरुले पनि सर्वोच्चको फैसला राजनीतिक प्रकृतिको रहेको प्रतिकृया दिएको अध्यक्ष प्रचण्डले बताएका छन् । नेकपा प्रचण्ड–नेपाल समूहले सोमबार स्थायी कमिटीको बैठक बसेर यसबारे आवश्यक निर्णय दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्