Logo
Logo

नेपाली किसान भारतमा


- दृष्टि न्युज/संवाददाता


काठमाडौँ । ‘भारत–नेपाल कृषि नयाँ साझेदारी’को एक हिस्साको रुपमा २० जना नेपाली किसान तथा कृषि विशेषज्ञहरुको दोस्रो टोलीले भारतको गाजियावादस्थित नेशनल सेन्टर अफ अर्गानिक फार्मिङमा माग १८ गतेदेखि फागुन १८ गतेसम्म सञ्चालन भइरहेको एक महिने तालिममा लिइरहेका छन् ।

यसअघि २० नेपाली सहभागीहरुको टोलीले २०७५ साल कात्तिक २९ गतेदेखि मंसिर २८ गतेसम्म सञ्चालन भएको तालिम सफलतापूर्वक पूरा गरेका थिए ।
यस तालिमका मुख्य उद्देश्य माटोको स्वास्थ्यलाई सुधार गर्न प्रमाणित प्राङगारिक खेतीलाई प्रवद्र्धन गर्ने, उत्पादन गुणस्तर, उत्पादकत्व, माटोको स्वास्थ्य तथा वातावरण, प्राङगारिक प्रभाव वृद्धि गर्ने, जैविक मल तथा जैविक किटनाशक उत्पादन एकाइको स्थापना गरी प्राङगारिक बीउको आपूर्तिलाई सुनिश्चित गर्ने, नेपाली विशेषज्ञ तथा किसानको मानवस्रोत विकास गरी माटो परीक्षण तथा प्राङ्गरिक प्रमाणीकरणमा रहेको समाचारमा जनाइएको छ ।
२०७४ चैतमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा भारत तथा नेपालका प्रधानमन्त्रीले भारत तथा नेपाल कृषिमा साझेदारीको शुभारम्भ गरेका थिए । कृषिमन्त्री चक्रपाणि खनालले नयाँदिल्लीस्थित इन्डियन एग्रिकल्चर रिसर्च इन्स्टिच्युट तथा (एनसीओएफ)को भ्रमण गरेका थिए । उक्त अवसरमा कृषिमन्त्री खनालले उहाँका समकक्षी मन्त्री राधामोहन सिंहसँग पनि भेटवार्ता गरेको कुरा काठमाडौंस्थित भारतीय दूतावासको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्